Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना – Lekhanpeeth

अफगानिस्तानको उत्तरपूर्वी पहाडमा विमान दुर्घटना

192
0
Share:

काठमान्डौ/अफगानिस्तानको उत्तरपूर्वी पहाडी क्षेत्रमा एउटा विमान दुर्घटनाग्रस्त भएको प्रान्तीय सरकारका अधिकारीले आइतबार बताएका छन् । चीन, ताजिकिस्तान र पाकिस्तानसँग सीमा जोडिएको बादख्शान प्रान्तको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको तर सो स्थान खुल्न नसकेको बताइएको छ ।

 

चिनियाँ समाचार संस्था सिन्ह्वाले रुसी उड्डयन प्राधिकरणलाई जनाएर अफगानिस्तानमा दुर्घटनाग्रस्त विमान रुसको भएको उल्लेख गरेको छ । त्यसमा ६ जना सवार रहेका जनाइएको छ । दुर्घटनापछि उनीहरूको अवस्थाबारे समाचार तयार पार्दासम्म जानकारी प्राप्त भएको छैन ।

 

प्रान्तीय सूचना विभागका प्रमुख जबीहुल्लाह अमिरीले एएफपीसँग भने, विमान दुर्घटनाबारे बिहान स्थानीय प्रत्यक्षदर्शीले हामीलाई खबर गरेका थिए ।” उनले थपे, “हिमाली क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ, स्थान भने खुल्न सकेको छैन । हामीले खोजीका लागि टोली पठाएका छौँ । उनीहरूबाट थप जानकारी प्राप्त हुन सकेको छैन ।”

 

घटनास्थल दुर्गम पहाडी क्षेत्रमा रहेको भन्ने प्रत्यक्षदर्शीको प्रारम्भिक जानकारी आएकाले उद्धार टोली त्यहाँ पुगेर सूचना पठाउन अझै केही समय लाग्ने अनुमान गरिएको छ । अफगानिस्तानको सबैभन्दा अग्लो ७,४९२ मिटर ९२४,५८० फिट०कोे हिमाल नोशाक रहेको हिन्दुकुश पर्वत शृंखला वादख्शानमा रहेको छ ।

Share: