Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागमती प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी – Lekhanpeeth

बागमती प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

264
0
Share:

काठमान्डौ/प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौँडाले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

 

आयोगको हेटौँडास्थित कार्यालयले आज एक सूचना जारी गर्दै प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो ।

 

बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको सूचनामा उल्लेख छ ।

 

विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ। योग्यता पुगेका उम्मेदवारहरूले माघ २८ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Share: