रवि लामिछाने भन्छन् : ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है’

178
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे पत्रकार सम्मेलन गर्ने भएका छन् । रविले आज सामाजिक सञ्जालमार्फत  साँझ पत्रकार सम्मेलनको तयारी गरिरहेको जानकारी दिएका हुन् ।

 

’गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु’ रविले लेखेका छन् ’मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोहि ‘स्लिप’ हुनै पर्दैन । बाँकी भ्याएसम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरू एकत्रित पार्दै गर्नुहोला, कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु ।

 

ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेमाथि सहकारीको पैसा लिएर सेयर पाएको र छाड्दा १ करोड ८० लाख खातामा लिएको आजै मात्र कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको थियो ।

 

लामिछाने निर्देशक हुँदा गोर्खा मिडिया नेटवर्क सहकारीको पैसा लगानी भएको भन्दै उनीमाथि आरोप लाग्दै आएको छ । अहिले गोर्खा मिडिया नेटवर्क अध्यक्ष जिबि राई फरार रहेका छन् ।

Share: