उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

112
0
Share:

काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Share: