सुनको मूल्य स्थिर, मंगलबारको मूल्य कति ?

Share:

काठमान्डौ/नेपाली बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुन १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३७० रुपैयाँ तोकिएको छ । चाँदी सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको थियो ।

Share: