Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पार्किङ निषेधपछि न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर सडकमा – Lekhanpeeth

पार्किङ निषेधपछि न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर सडकमा

244
0
Share:

काठमान्डौ/न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् ।

 

काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो । अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

 

पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

 

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।

Share: