
काठमान्डौ/सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ‘माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,’ सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् ।
यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो ।