Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जनमत पार्टीका मन्त्रीले बुझाए राजीनामा – Lekhanpeeth

जनमत पार्टीका मन्त्रीले बुझाए राजीनामा

Share:

काठमान्डौ/मधेस प्रदेश सरकारमा सहभागी भएका जनमत पार्टीका मन्त्रीद्वयले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्।

 

मुख्यमन्त्रीको निवासमा पुगेर मंगलबार साँझ शिक्षा तथा संस्कृति मन्त्री एवं जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री यादव समक्ष राजीनामा बुझाएका हुन्।

 

मंगलबार जनमत पार्टीले मधेसमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। फिर्ता लिएसँगै सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा बुझाएका हुन्।

Share: