Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
१० अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार – Lekhanpeeth

१० अंकले घट्यो नेप्से, तीन अर्ब ८९ करोडको कारोबार

193
0
Share:

काठमान्डौ/नेप्से परिसूचक दश अंकले घटेको छ । बुधबार नेप्से १०.२५ अंकले घटेर २०८८.०४ विन्दुमा पुगेर बन्द भएको हो ।

 

नेप्सेमा कारोबार रकम समेत घटेको छ । एक करोड १० लाख ४९ हजार ९४९ सेयर तीन अर्ब ८९ करोड ७० लाख २२ हजार ५९८ रुपैयाँमा खरिद–बिक्री भएको छ । बजार घट्दा १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ८० कम्पनीको सेयर मूल्य बढ्दा १४ को स्थिर छ ।

 

चन्द्रागिरि हिल्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा तेह्रथुम पावर कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले घटेको छ ।

 

कारोबारमा आएका १३ मध्ये बैंकिङ र म्युच्युअल फन्ड समूहको परिसूचक मात्रै बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

Share: