राष्ट्रपति पौडेलद्वारा संघीय संसद्‌को हिउँदे अधिवेशन आह्वान

Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌का दुवै सदनको हिउँदे अधिवेशन आह्वान गरेका छन् । माघ २२ गते सोमबार अपराह्न ४ बजे अधिवेशन आव्हान गरिएको हो ।

 

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को माघ ९ को सिफारिसमा उनले संसद्‌ अधिवेशन आव्हान गरेका हुन्।

 

संसद्‌का हिउँदे र बर्खे गरी दुई अधिवेशन हुने गर्छन्। अधिवेशन आह्वान र अन्त्य सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

 

Share: