Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अमेरिकाको बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँ : बालेन – Lekhanpeeth

अमेरिकाको बोल्डर नगरमा बनाइने नेपाली सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सक्छौँ : बालेन

239
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् ।

 

आज उनीसँग शिष्टाचार भेटका लागि आएका बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएपछि मेयर बालेनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुनेछ । भेटमा ब्रोकेटले, नगरबिचको भगिनी सम्बन्धबाट जनताहरू आपसमा नजिक हुने बताए ।ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख साहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिएका छन् ।

 

दुई नगरका बिचमा वि।सं। २०७६ वैशाख २९ गते ९सन् २०१९ मे १२० भगिनी सम्बन्ध स्थापना भएको हो । भेटका क्रममा दुई नगरका प्रमुखहरूले हस्ताक्षर गरेर सम्बन्ध नवकिरण गरेका छन् ।

 

काठमाडौँ र बोल्डर नगरका जनताहरूको आपसी र पारस्परिक सहयोग प्रवर्धन र सुदृढ बनाउने, सांस्कृतिक, वातावरणीय, सामाजिक, आर्थिक, व्यापार तथा वाणिज्य, शैक्षिक, वैज्ञानिक तथा प्राविधिक क्षेत्रमा आपसी क्रियाकलाप आदानप्रदान तथा सञ्चालन हुनेछन् । आपसी कार्यक्रमलाई समन्वय गर्न भगिनी सम्बन्ध समितिहरू हुनेछन् । नवीकरण पत्रमा उल्लेख गरिएको छ ।

Share: