श्रीलङ्काको पुनर्वास केन्द्रबाट ४० कैदी फरार

130
0
Share:

काठमान्डौ/श्रीलङ्काकोे उत्तर मध्य प्रान्तको काणाकादु उपचार तथा पुनर्वास केन्द्रबाट बुधबार राति करिब ४० जना कैदीहरू भागेको पुनर्वास आयुक्त जनरल दर्शना हेट्टियाराचीले बिहीबार बताउनुभएको छ ।

 

कैदीहरू दुव्र्यसनीहरूको दुई समूहबीचको झडपपछि भागेको हेट्टियाराचीले सञ्चारमाध्यमलाई बताए ।

 

प्रहरीले झडपलाई नियन्त्रणमा लिएको तथा भाग्नेहरूलाई पक्राउ गर्नका लागि खोजी अभियान सुरु गरेको उहाँले बताए ।

 

यस्तै जनवरी १२ मा ६० जनाभन्दा बढी कैँदीहरू केन्द्रबाट भागेका थिए ।

 

न्याय, कारागार मामिला तथा संवैधानिक सुधार मन्त्री विजयदास राजापाक्षेले काणाकादुको व्यवस्थापन परिवर्तन गर्न आवाश्यक कदम चाल्ने बताए ।

 

डिसेम्बर २०२३ मा पनि दुई समूहबीचको झडपको क्रममा १३० भन्दा बढी कैदीहरू जेलबाट भागेका थिए ।

Share: