
काठमान्डौ/नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालले विकासको क्षेत्रमा चीनसँग सहकार्य गर्न चाहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसहितको टिमसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कोइरालाले चीनले विकासको क्षेत्रमा नमुना काम गरेको उल्लेख गर्दै नेपाली कांग्रेस पनि चीनसँग विकासको सहकार्य अघि बढाउन इच्छुक रहेको बताए । उनले चीनको आर्थिक विकास पनि प्रशंसायोग्य रहेको बताए ।
नेता कोइरालाले चीनसँग जोडिएका परियोजना अघि बढाउन सरकारले प्राथमिकतामा राखेर जानुपर्ने आवश्यकता रहेको बताए ।