आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना, तराईमा हुस्सु र कुहिरो

153
0
Share:

काठमान्डौ/हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

 

साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध छ।

Share: