Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
उत्तरी मेक्सिकोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु – Lekhanpeeth

उत्तरी मेक्सिकोमा सवारी दुर्घटना, १९ जनाको मृत्यु

174
0
Share:

काठमान्डौ/उत्तरी मेक्सिकोमा यात्रुवाहक बस र कार्गो ट्रक एक आपसमा ठोक्किँदा १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । बसमा ३७ जना सवार थिए ।

 

राज्य सिभिल डिफेन्स अफिसका निर्देशक रोय नाभरेतेले बन्दरगाह सहर मजातलान नजिकैको इलोटा टाउनशिपमा मंगलबार दुर्घटना भएको बताए । घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको घटनास्थलबाट खिचिएका तस्बिरहरूमा दुवै गाडी जलेको देखिएको छ ।

 

घातक सडक दुर्घटनाहरू मेक्सिकोमा सामान्य जस्तै बन्ने गरेको छ । तीव्र गति, खराब सवारी साधनको अवस्था, वा चालक थकानको कारणले गर्दा देशका राजमार्गहरूमा मालवाहक ट्रकको दुर्घटना पनि बढेको छ ।

Share: