
काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रवार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ ।
संसदीय दलको बैठकका छलफलका एजेन्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको रास्वपाका एक नेताले जानकारी दिए ।
संघीय संसद्को बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा बुझिन्छ । अघिल्लो संसद् बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।