
काठमान्डौ/नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवनमा बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।
बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए।
संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।