Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
थप चेकजाँचका लागि अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो – Lekhanpeeth

थप चेकजाँचका लागि अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो

Share:

काठमान्डौ/बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार चौधरी र थापालाई थप चेकजाँचका लागि ग्राण्डी अस्पताल लगिएको हो।

 

बिहीबार थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो। चिरायु अस्पतालले थप चेकजाँचका लागि ग्राण्डी अस्पताल रेफर गरेको सीआईबीले बताएको छ।

Share: