आज देउवापुत्र जयवीरको बिहे, फूल माला र उपहार ल्याउन निषेध

193
0
Share:

काठमान्डौ/पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाह आज हुँदै छ । गायिका शिवानी श्रेष्ठसँग जयवीरले आज लगनगाँठो कस्न लागेका हुन् ।

 

विवाहमा फूल माला, खादा र उपहार भने नल्याउन निम्तालुलाई आग्रह गरिएको छ । आज विवाह गरे पनि प्रिति भोज भने २ फागुनमा आयोजना हुने छ । गत १९ जेठमा जयवीर र शिवानीले इन्गेजमेन्ट गरेका थिए ।

Share: