Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इच्छाराजका दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गरेर सहकारी पीडितलाई दिन अदालतको फैसला – Lekhanpeeth

इच्छाराजका दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गरेर सहकारी पीडितलाई दिन अदालतको फैसला

254
0
Share:

काठमान्डौ/सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतले फैसला गरेको छ।

 

सम्पत्ति सुद्धिकरणको मुद्दामा सजाय निर्धारण गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सहकारी पीडितलाई क्षतिपूर्ति दिन सम्पत्ति जफत गर्ने फैसला गरेको हो।

 

विशेषले इच्छाराज तामाङ, उनकी श्रीमती श्रृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सबै सम्पत्ति जफत हुने फैसला पनि सुनाएको हो।अब यी प्रतिवादीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा विचारधीन छ। उक्त मुद्दामा कसुर ठहर भएमा पीडितहरूको बिगो भराउने कार्यले प्राथमिकता पाउने विशेषले फैसला गरेको छ।

 

विशेष अदालतले दोषी ठहर गर्दै इच्छाराजलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो बराबरको जरिवाना गर्ने फैसला गरेको छ। पत्नी श्रृजना शाक्य तामाङलाई डेढ वर्ष कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रूपैयाँ १० पैसा जरिवाना गराउने ठहर भएको छ।

 

केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड ६५ लाख जरिवाना तोकेको छ।

Share: