कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

Share:

काठमान्डौ/प्रतिनिधि सभा अन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा भएको बैठकमा प्रतिनिधिसभाको कार्यसूचीमा छलफल भइरहेको छ।

 

संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक आज ४ बजे बस्दैछ । त्यही बैठकअघि सभामुखले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका हुन् ।

Share: