Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जब ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोलायो… – Lekhanpeeth

जब ललितपुर जिल्ला अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोलायो…

274
0
Share:

काठमान्डौ/ललितपुर जिल्ला अदालतले सोमबार (हिजो) एक युवकलाई च्यातिएको पाइन्ट लगाएको भन्दै प्रवेशमा रोक लगाएको छ। आवश्यक कामले अदालत पुगेका ती युवक अनिश श्रेष्ठले अदालतभित्र छिर्न अपमानमात्र व्यहोर्नु परेन, सुरक्षाकर्मी र स्रेस्तेदारको व्यवहारका कारण अदालतको गेटमै पाइन्ट खोल्नुपरेको छ।

 

अदालतले ती युवकलाई ‘ग्रन्च पाइन्ट’ खोलाएर थर्मल ट्राउजरमात्र लगाएर प्रवेश दिएको छ। अदालतको सुरक्षामा खटिएका प्रहरी र कर्मचारीहरुले धरानका अनिश श्रेष्ठलाई ‘च्यातिएको पाइन्ट लगाएर’ प्रवेश गर्न नपाइने भन्दै उक्त प्यान्ट खोलेर थर्मल ट्राउजर लगाएर भित्र जान दिएका हुन्।

 

अधिवक्ता दिनेशराज सत्यालका अनुसार अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले अनिशलाई च्यातिएको पाइन्ट लगाएर अदालत प्रवेशमा रोक लगाएका थिए। सत्यालले फेसबुकमा लेखेअनुसार श्रेष्ठले अदालतमा जानैपर्ने सूचना देखाए पनि प्रहरीले प्रवेश दिन अस्वीकार गरेको थियो।

 

यसपछि सत्यालले अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईलाई भेटे। तर, उनले पनि श्रेष्ठलाई भित्र पस्न दिन अस्वीकार गरे। उनले घर गएर कपडा चेन्ज गरेर आउन सल्लाह दिए। तर, सत्यालले श्रेष्ठको घर धरान भएकाले अर्को कपडा लगाएर आउन सम्भव नभएको बताए। स्रेस्तेदार भट्टराईले उल्टै अपमान गर्दै भने ‘तपाईँ नेपाली पोशाक यति राम्रो लगाएर आउनु भएको छ । उहाँले चाहिँ मर्यादित पोशाक लगाउनु पर्दैन ?’

 

अर्को पाइन्ट किन्न पनि तत्काल सम्भव नभएको श्रेष्ठले बताए। प्रहरीले सोधे( भित्र ट्राउजर छरु अनि छ भनेपछि प्रहरीले उनलाई पाइन्ट खोल्न लगाएर ट्राउजरमा भित्र जान दिएको थियो।

Share: