Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रुसी दूतावास अगाडि प्रदर्शन – Lekhanpeeth

रुसी दूतावास अगाडि प्रदर्शन

192
0
Share:

काठमान्डौ/रुसी दूतावास अगाडि प्रदर्शन गरिएको छ । रुसी सेनामा रहेका नेपालीहरूको उद्धार, राहत र बेपत्ताहरूको अवस्था जानकारी गराउन माग गर्दै आफन्तहरूले प्रदर्शन गरेका हुन् ।

 

शुक्रवार पत्रकार सम्मेलन गर्दै रुसी सेनामा भर्ती भएकाहरूलाई सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारलाई आग्रह गरेका उनीहरूले आज दूतावासको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।

 

प्रदर्शनमा सहभागीहरूले ‘युद्धमा घाइते भएकाको उपचार गर’, ‘रुसी सेनामा नेपालीलाई भर्ना बन्द गर’, ‘युद्धमा मारिएका नेपालीलाई उचित क्षतिपूर्तिको व्यवस्था गर’, ‘युद्धमा प्रयोग भएका नेपालीलाई सकुशल नेपाल फिर्ता गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

Share: