Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ७० प्रतिशत बजेट – Lekhanpeeth

गौतम बुद्ध क्रिकेट रंगशालालाई बागमती सरकारको ७० प्रतिशत बजेट

201
0
Share:

काठमान्डौ/बागमती प्रदेशले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सम्पन्न गर्नका लागि ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ ।

 

भरतपुर महानगरकी मेयर रेणु दाहालको सचिवालयका अनुसार मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेर अलपत्र छोडेको रंगशाला निर्माण सम्पन्न गर्न प्रदेश सरकारले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको हो ।

 

निर्माणको प्रथम चरणका लागि ७५ करोड रुपियाँ बराबर लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने र त्यसको स्रोत सुनिश्चित गर्ने जनाइएको छ ।

 

धुर्मुस–सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेको भन्दै दुई वर्षअघि निर्माणको काम छाडेको थियो । यसअघि संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएसँगै संयुक्त लगानीमा बन्ने निश्चित भएको थियो ।

Share: