Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स – Lekhanpeeth

६ महिनामा भित्रियो ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स

Share:

काठमान्डौ/चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

 

राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ३३ अर्ब २२ करोड भित्रिएको हो ।

 

गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४।३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२।६ प्रतिशतले वृद्धि भइ ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

 

त्यस्तै, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ)लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ ।

Share: