आज यी दुई प्रदेशमा हिमपात, तराईमा हुस्सु

123
0
Share:

काठमान्डौ/हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

 

आज दिउँसो पनि लुम्बिनी, सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राति भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Share: