Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाँदरले दुः ख दिएपछि त्रिपुरासुन्दरीले पनि निकाल्यो ‘रूख काटेर जंगली जनावरको वासस्थान नष्ट गर्ने’ सूचना – Lekhanpeeth

बाँदरले दुः ख दिएपछि त्रिपुरासुन्दरीले पनि निकाल्यो ‘रूख काटेर जंगली जनावरको वासस्थान नष्ट गर्ने’ सूचना

Share:

काठमान्डौ/सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले रूख काट्न सूचना निकालेको छ । बाँदरले बालीनाली खाएको भन्दै वडाले निजी जग्गाका रूख काट्न सूचना निकालेको हो ।

 

फागुन महिनाभरि रूख काट्नुपर्ने वडाध्यक्ष शिव कार्कीद्वारा जारी सूचनामा उल्लेख छ । ‘प्रस्तुत विषयमा यस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ को सबै बस्तीमा बाँदरलगायत अन्य जीव जनावरले कृषि बालीनाली सखाप पारेकोले आफ्नो निजी जग्गामा भएको रुख काटी झाडी सुधार गरि बाँदर लगायत जंगली जीव जनावरको वासस्थान नष्ट गर्नु पर्ने भएकोले यही फागुन महिना भित्र रुख काटी झाडी सुधार गर्न अनुरोध गर्दछु,’ सूचनामा अगाडि भनिएको छ, ‘यस कार्यमा सबै टोल विकास समिति वन उपभोक्ता समिति र जनप्रतिनिधि समाजसेवीहरूले सहयोग गरिदिनु हुन अनुरोध गरिन्छ ।’

 

गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन सूचना नै निकालेको थियो । तर आलोचना भएपछि उक्त निर्णय फिर्ता लिइएको थियो ।

Share: