सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित

Share:

काठमान्डौ/सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिंग)निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० पारित भएको छ ।

 

बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित गरेको हो ।

 

सो विधेयक पारित गरियोस् भनी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राखेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् ।

Share: