Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रौतहटमा ओलीलाई एक सय एक किलोको मालाले स्वागत – Lekhanpeeth

रौतहटमा ओलीलाई एक सय एक किलोको मालाले स्वागत

Share:

काठमान्डौ/नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको माला लगाइएको छ। एमाले रौतहट जिल्ला कमिटीको दसौँ अधिवेशन उद्घाटन गर्न बिहीबार गरूडा पुगेका अध्यक्ष ओलीलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको हो ।

 

गरुडस्थित श्रीराम सुगर मिलको चौरमा जिल्ला अधिवेशनको उद्घाटन सत्र भएको छ। एमालेले यो वर्ष तहगत अधिवेशन गर्ने भएको छ। जेठ मसान्तभित्र जिल्ला अधिवेशन सक्न निर्देशन दिएको छ। एमालेको दार्चुला, म्याग्दी जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ। मुगु र धादिङ अधिवेशनमा विवाद देखिएको छ। दोलखामा मतगणना भइरहेको छ।

 

रौतहटमा बिहीबारबाट सुरु भएको अधिवेशनमा अखिलेश्वर चौधरी, रूपेशकुमार पटेल, सचिदानन्द शाह र बवन सिंह अध्यक्षका आकाङ्क्षी छन्।

Share: