Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना – Lekhanpeeth

दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना

Share:

काठमान्डौ/दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ । २० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–४ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो ।

 

पृथ्वी राजमार्ग आसपासमा महँगो मूल्य असुल्ने होटेल, किराना पसल र क्याफेलाई जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए। उनका अनुसार उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही उक्त रेस्टुरेन्टलाई जरिवाना तोकेको हो ।

 

पकाएर दिएको दुई पोका चाउचाउको पाँच सय रुपैयाँ तिरेको होटेलले दिएको बिलसहित एकजना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी उजुरी गरेपछि जिल्ला अनुगमन समितिले अनुगमन गरी जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

Share: