अफताब आलामविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सुरू

Share:

काठमान्डौ/नेपाली काँग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

 

रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा पेसी तोकिएको छ ।

 

२०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विष्फोटका घाइतेलाई इँटा भट्टामा जलाएर मारेको अभियोग आलम माथि छ । आलम पुर्पक्षका लागि २०७६ कात्तिक २९ देखि थुनामै छन् ।

Share: