Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युवकको हत्या आरोपमा प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ – Lekhanpeeth

युवकको हत्या आरोपमा प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

Share:

काठमान्डौ/कञ्चनपुरका राजकुमार रानाको मृत्यु प्रकरणमा प्रहरीले एक प्रहरी सहायक हवल्दारसहित दुईजनालाई पक्राउ गरेको छ ।

 

लालझाडी गाउँपालिका-३ का २८ वर्षीय रानाको शव पाँच महिनाअघि गएको असोजमा कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो । रानाको हत्या आरोपमा कञ्चनपुर प्रहरीले केही दिनअघि कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये चौधरी प्रहरी सहायक हवल्दार हुन् ।

 

पीडित आफन्तजनले चौधरी र भण्डारीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Share: