पाल्पामा जिप दुर्घटना, आठ जनाको मृत्यु

Share:

काठमान्डौ/पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

 

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

 

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ काफ्लेले बताए ।

Share: