
काठमान्डौ/सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ । गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा र कार्यालय समयको सूची प्रकाशन गरेको हो ।
सरकारले २०८१ सालको लागि माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैँको अवसरमा दुई वटा सार्वजनिक विदा थप गरेको छ । सर्वोच्च आदेशपछि फागुन १ को जनयुद्द दिवसको विदा हटाइएको छ । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको छ ।