Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ – Lekhanpeeth

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ

266
0
Share:

काठमान्डौ/बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गोपाल गजमेर पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

 

महिलामाथि बलात्कार गरेको उजुरी परेपछि गजमेर पक्राउ परेका हुन् । परिसरका एसपी नवराज कार्कीका अनुसार माघ २९ मा उनीविरुद्ध बलात्कारको उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

 

यसअघि गजमेर उच्च अदालत पाटनमा कार्यरत थिए । उच्च अदालत पाटनमै कार्यरत महिलालाई बलात्कार गरेको उजुरी परेको थियो । पक्राउ परेका गजमेरमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Share: