कपिलवस्तुमा बस दुर्घटना : १० जनाको मृत्यु, ३० जना घाइते

Share:

काठमान्डौ/कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा दशजनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।

 

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको पहिचान भइसकेको छैन । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुबेर कडायतका अनुसार दुर्घटनामा ३० जना घाइते भएका छन् । नौजनालाई बुटवल ‘रिफर’ गरिएको छ ।

 

अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

Share: