Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विश्व कप लिग-२ : आज नेपाल र नामिबिया भिड्दै – Lekhanpeeth

विश्व कप लिग-२ : आज नेपाल र नामिबिया भिड्दै

232
0
Share:

काठमान्डौ/आईसीसी क्रिकेट विश्व कप लिग-२ को पहिलो शृङ्खला आज९बिहीबार०देखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुनेछन् ।

 

हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३-० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग-२ को पहिलो खेल आज नामिबियासँग खेल्नेछ । त्यसपछि नेपालले दोस्रो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । लिग(२ का खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छन् । लिग-२ को यो दोस्रो संस्करण हो ।

 

लिग-२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०का अनुसार, लिग(२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सात वटा राष्ट्र मात्र सहभागी थिए ।

 

लिग-२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ ।यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स ९यूएई० र अमेरिका पनि छन् ।

 

यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अङ्क तालिकाको सबैभन्दा तल (१३औँ स्थान)रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग-२ मा थपिएको हो । घरेलु मैदानमा आयोजना हुने लिग-२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ ९क्यान० ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ ।

 

क्यानले घोषणा गरेको टोलीमा यू-१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ । लिग-२ शृङ्खलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन ।यसअघि उनीहरू वैकल्पिक खेलाडी थिए । तर, हालै सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि अनिल र देवलाई पनि लिग-२ टोलीमा स्थान दिइएको हो ।

 

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा अनिलले एक शतक र एक अर्ध शतक प्रहार गरेका थिए । उक्त शृङ्खलाको दोस्रो खेलमा देवले पनि उत्कृष्ट अर्धशतकीय पाली खेल्दै ७६ रन बनाएका थिए ।

 

लिग_२ शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल शाह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

Share: