Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन – Lekhanpeeth

युनाइटेड इदी मार्दीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

182
0
Share:

काठमान्डौ/युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् । आफ्ना सेयरधनीरुलाई १०.५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

 

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

 

कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Share: