नेदरल्यान्ड्समाथि नेपालको शानदार जित

159
0
Share:

काठमान्डौ/आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समाथि नेपालले शानदार जित हासिल गरेको छ । १ सय ३८ रनको सामान्य लक्ष्य पाएको नेपालले नेदरल्याण्डसलाई ९ विकेटले हराएको हो ।

 

नेपालले १५.२ ओभरमा १ विकेट गुमाएर १४१ रन बनायो । नेदरल्याण्डसविरुद्धको खेलमा नेपालका अनिल साह र आसिफ सेखले अर्धशतक बनाए ।

 

नेपालका अनिल शाहले ५७ र आसिफ सेखले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । भने, डच टिमका विलियन किंग्माले एक विकेट हात पारे । यसअघि, नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन मात्र बनाएको थियो ।

 

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, ललित राजवंशीले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट  लिए ।

Share: