रौतहटमा अनिश्चितकालीन कर्फ्यु

196
0
Share:

काठमान्डौ/जिल्ला प्रशासन कार्यालय रौतहटले ईशनाथ नगरपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । पालिकामा दुई समूहबीचको विवादले झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

 

पूर्वमा जोकाहा गाउँ, पश्चिममा सानो जोकहाँ गाउँ, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगर प्रहरीचौकीसम्मको क्षेत्रमा शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको प्रजिअ रेग्मीले बताए ।

 

asdfmg-1708187941.jpeg

Share: