Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ? – Lekhanpeeth

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, सोमबार कतिमा हुँदैछ कारोबार ?

Share:

काठमान्डौ/स्थानिय बजारमा छापावाला सुनको भाउ दुई दिनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ । आइतबार ५०० रुपैयाँले बढेको सुनको भाउ सोमबार ४०० रुपैयाँले बढेको हो । सोमबार प्रतितोला छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुन चाँदी व्यवसायी

 

महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन १ लाख १७ हजार ०५० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार सोमबार चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो ।

 

अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार १८ दशमलव ५३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ०६ डलरमा कारोबार भइरहेको छ ।

Share: