Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच छुट समझदारी – Lekhanpeeth

सिटिजन्स बैंक र सिटिस्केप थकालीबीच छुट समझदारी

212
0
Share:

काठमान्डौ/सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गको सिटिस्केप थकालीबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । बैंकले ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।

 

सिटिजन्स बैंकले १९० शाखा कार्यालय, १५२ एटीएम र ९७ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

Share: