वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू जारी

Share:

काठमान्डौ/जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सोमबार विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेश जारी गरेका हुन् ।

 

सोमबार बेलुकी ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी गरिएको हो । त्यसविरूद्ध प्रदर्शन, भेला गर्ने, हिँडडुल गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

 

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा आज सोमबार प्रदर्शन भएको थियो । उक्त विरोध जुलुसका क्रममा सर्वसाधारणको सुरक्षामा जोखिम एवं शान्ति भङ्ग हुने स्थिति देखिएकोले कफ्र्यू जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ ।

Share: