एमालेको सातौं केन्द्रीय कमिटी बैठक जारी

108
0
Share:

काठमान्डौ/नेकपा एमालेको सातौं केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आजबाट जारी बैठक बिहीबारसम्म सञ्चालन हुनेछ । बैठकका लागि ६ वटा कार्यसूची तय भएका छन् ।

 

महासचिव शंकर पोखरेलका अनुसार बैठकका जनपरिचालन र जनदबाब, राजनीतिक स्थितिको समीक्षा, संगठनात्मक प्रतिवेदन, संगठन शुद्धीकरणबारे विशेष कार्य योजना तर्जुमा लगायतका विषयमा छलफल हुनेछ ।

 

सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधीनतामाथि समेत गम्भीर खालका आँच आउने काम गरेको निष्कर्षसहित एमालेले सडक आन्दोलनको तयारीमा स्वरुप बैठकको आयोजना गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसायिक परिस्थितिबारे विश्लेषण गर्ने र त्यसमा सरकारको काम कारबाही, पार्टीले तत्काल गर्नुपर्ने कामबारे निर्देशन दिने बताइएको छ ।

 

गठबन्धन सरकारको कारण राष्ट्रिय हित, जनसरोकार र सुशासनका विषयमा प्रश्नमा गम्भीर बिचलन आएको एमालेको दाबी छ । बिहीबार बसेको सचिवालय बैठकले सरकारविरुद्ध जनपरिचालन गर्ने निर्णय गरेपछि एमालेको भातृसंगठन अनेरास्ववियूले समेत चरणबद्ध आन्दोलन गर्ने घोषणा घोषणा गरेको छ । एमालेको पछिल्लो समय केन्द्रदेखि जिल्लासम्मका संगठन चलायमान भएका छन् ।

 

मिसन ग्रासरुट अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित गरिएको अभियानका चलाएको एमालेले प्रदेश अधिवेशन सकिएलगत्तै जिल्ला अधिवेशन पनि धमाधम गरिरहेको छ ।

Share: