वन अधिकृत भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

110
0
Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

 

आर्थिक वर्ष ०७४/७५ मा गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिमा ठेकेदारसमेतले नापजाँच मूल्यांकन परिमाणभन्दा कम काठ उत्पादन संकलन भएको देखाइ वन पैदावार हिनामिना गरेको भन्दै अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

 

तत्कालीन डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक एवम् वन अधिकृत महेन्द्रराज वाग्ले लगायतविरुद्ध मुद्दा दायर भएको छ ।

Share: