Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘डिग्री माइला’ को टिजर सार्वजनिक [भिडियो] – Lekhanpeeth

‘डिग्री माइला’ को टिजर सार्वजनिक [भिडियो]

Share:

काठमान्डौ/रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’को टिजर सार्वजनिक भएको छ। टिजरमा शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खल जाँच लिएको देखाइएको छ।

 

टिजरमा दयालाई आँचल शर्मासँग गीतमा रोमान्टिक हुँदै गरेको देख्न सकिन्छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले तेस्रो श्रेणीमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गरेको छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भएको थियो।

 

चलचित्रमा दया र आँचलसहित विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ। यो चलचित्र नेपाली नयाँ वर्षमा रिलिज हुने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।

 

चलचित्रमा नेमिस श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। यस्तै, चलचित्रलाई शिवराम श्रेष्ठ तथा राइली एस सिनले खिचेका छन्।

 

Share: