गण्डकी प्रदेशमा वर्षा, कस्तो रहला अबको तीन दिनको मौसम ?

160
0
Share:

काठमान्डौ/देशका केही भू=भागमा आज वर्षा हुने भएको छ । मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण बिहान गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस र वाग्मती प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

 

राति देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानसहित देशका बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

बिही र शुक्रबारको पूर्वानुमान

 

२०८० फागुन १० गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू(भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशहरुका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

राति: देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

२०८० फाल्गुन ११ गते (शुक्रबार)

 

दिउँसोस् देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

रातिस् देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Share: