जिप दुर्घटनामा २ को मृत्यु

Share:

काठमान्डौ/ सिन्धुपाल्चोकको बाह्रबिसेमा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जिप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए ।

 

उक्त दुर्घटनामा जिप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share: