
काठमान्डौ/चलचित्र ‘रङ्गेली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा एक कार्यक्रमका बिच ट्रेलर रिलिज गरिएको हो । चलचित्र फागुन २५ गते महाशिवरात्रिको दिनबाट रिलिज हुँदै छ ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ । चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत छ ।
चलचित्रका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता हुन् । विवेक खड्का योलो एशोसियट निर्माता हुन् ।