मोरङमा ट्रक पल्टिदा एकै परिवारका दुईसहित ३ बालबालिकाको मृत्यु

Share:

काठमान्डौ/मोरङको बूढीगंगा गाउँपालिका-४ प्रगति टोलमा मालबहाक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् ।

 

शुक्रबार बिहान आर जे २९ जीवी १५६१ भारतीय नम्बर प्लेटको लहरी प्रगति टोलमा पल्टिएको थियो । लहरीमा लोड गरिएको मार्बल ढुंगाले किचिएर बूढीगंगा गाउँपालिका ४ का ज्योति अधिकारीकी ४ वर्षीया छोरी इसिता, छोरा निशान्त र सोही स्थानकी सन्जु खवासकी ८ वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ

Share: